Logo

स्वास्थ्य मन्त्रालयले प्रयाेग गर्‍याे गलत निशान छाप



कखरा संवाददाता


१० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाइएको नक्सासहितको निशान छाप गलत प्रयोग गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार दिउँसाे १ बजेर ३० मिनेटमा गलत निशान छाप प्रयोग गरेको हो ।

सहि निशान छापमा नेपालको नक्सा दार्चुला जिल्लाको भू–भाग चुच्चो परेर अन्तिममा अलिकति तल झरेको छ । तर मन्त्रालयले राखेको निशान छापमा चुच्चो मात्र परेको छ । उसो त नेपाल सरकार आफैँले जारी गरेको नक्सामा पनि लिम्पियाधुराको चुच्चोपट्टीको भाग अलिकति तल झरेको छ ।

मन्त्रालयकाे प्रयाेग गरेकाे गलत निशान छाप

मन्त्रालयले फेसबुकमा राखेको निशान छापको तस्बिरमा अधिकांशले प्रोफाइल पिक्चर परिवर्नन गरिएकोमा धन्यवाद दिएका छन् । तर केही प्रयोगकर्ताले भने सहि निशान छापको तस्वीर कमेन्ट गरेका छन् । फेसबुक प्रयोगकता मेघराज राईले सहि निशान छापको तस्वीर कमेन्टमा पोस्ट गरेका हुन् ।

पछिल्लो समय सरकारले जारी गरेको नेपाल सरकारको नक्सा

फेसबुक अपडेट गर्ने कर्मचारीले गुगलमा सर्च गरेर निशानछाप राख्दा यो समस्या आएको हो । गुगलमा नभई आधिकारिक निकायसँग मागेर निशानछाप मागेर राखेको खण्डमा यस्ता समस्याहरु आउने थिएन ।

सहि निशान छाप, जसमा लिम्पियाधुराकाे भाग अलिकति तल्लाेपट्टी फर्किएकाे छ ।

देशको सरकारी निकाय त्यसमाथि पनि मन्त्रालयले गलत निशान छापको प्रयोग गर्दा त्यस अन्तर्गतका महाशाख, विभाग र सामान्य स्वास्थ्य चौकीमा समेत गलत निशान छापन नै प्रयोग हुने सम्भावना देखिएको छ । मन्त्रालयम कार्यरत कर्मचारीहरुको सामान्य गल्ती गर्नाले सोही गल्ती देशभरमा पर्न सक्छ । त्यसैले मन्त्रालयका कर्मचारीहरु अलिक चनाखो बन्ने की ?

प्रतिक्रिया दिनुहोस्