Logo

हिन्दी गीतको भिडियोमा नेपाली मोडल सभ्यता



कखरा संवाददाता


१० असार, काठमाडौं । नेपाली मोडल सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । उनी ‘पसंद आया’ बोलको हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।

भिडियोमा उनले भारतीय मोडल भुषण पटेलसँग रोमान्स गरेकी छन् । एआर प्रोडक्सनको निर्माण रहेको भिडियोमा अजित गाडेको कोरियोग्राफी रहेको छ ।

प्रतिभा शर्माको स्वर तथा विपिन दासको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् । म्युजिक भिडियो भारतको चर्चित म्युजिक कम्पनी जि म्युजिकले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्