Logo

कोरोना संक्रमित नभएको जिल्ला रसुवामात्रै



कखरा संवाददाता


९ असार, काठमाडौं । कोराेना भाइरस अर्थात काेभिड १९ को सङ्क्रमण साेमबार ५ सय ३५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । उनले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको जानकारी दिए ।

यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।

पछिल्ला २४ घण्टामा पिसिआर ६ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्