Logo

अग्रता लिएर पनि आर्सनल अतिक्ति समयको गोलले स्तब्ध



कखरा संवाददाता


७ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल पराजित भएको छ । ब्राइटनको मैदानमा भएको खेलमा आर्सलन २–१ गोलले स्तब्ध भएको हो ।

खेलको ६८ औं मिनेटमा निकोलास पेपेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा लुइस डंकले ब्राइटनका लागि बराबरी गोल फर्काए ।

इन्जुरी समयको ५ औं मिनेटमा निल माउपेले गोल गरेपछि ब्राइटन २–१ ले विजयी भयो । जितपति १५ औं स्थानको ब्राइटनको ३० खेलबाट ३२ अंक भएको छ भने ४० अंक जोडेको आर्सनल १० औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा वुल्भ्सले वेष्ट ह्याम तथा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई समान २–० ले हराउँदा लेस्टर सिटी र वाट्फोर्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्