Logo

विकार र चिन्ताले ग्रस्त एक रोग



कखरा संवाददाता


५ असार, एजेन्सी । हेर्दा सबै ठिकठाक देखिन्छ। तर कतिपय बानी(व्यवहार भने फरक हुन्छ । जस्तो पटक–पटक साबुन पानीले यसरी हात धोइरहन्छन्, कि हात रगडिएर रगत आउन सक्छ । तर हेर्दा उनीहरूलाई विश्वास हुँदैन कि हात सफा भयो । बरु उनीहरू सोच्छन्, हातमा किटाणु कतै लुकेर बसेको छ । यस्तो अनावश्यक चिन्ताले उनीहरूलाई सताइरहन्छ ।

त्यसैगरी अनेक उट्पट्याङ काम गर्ने रहर जाग्छ । जस्तो कि घरमा अनावश्यक सामग्री थुपार्ने । थोत्रो डब्बा, थोत्रो कपडा । कुनै पनि प्रश्न अरूलाई पटक पटक सोधिरहने । जस्तो कि ‘ठिक छ नि ?’ विश्वका कतिपय महान् व्यक्तिमा समेत यस किसिमको समस्या भएको पाइन्छ । जस्तो कि अल्बर्ट आइस्टाइन, चाल्र्स डार्विन, माइकल ज्याक्सन ।

Shot of a woman doing her daily chores at home

यस किसिमको समस्या खासमा मनोग्रसित बाध्यता विकार अर्थात् ओसीडी हो । ओसीडीको मुख्य कारण मस्तिष्कमा कुनै रसायनको लभेलमा गडबडी भएर पैदा हुनु हो । मुख्यगरी सिरोटोनिन । यो रोग एक पिढीबाट अर्कोमा समेत सर्न सक्छ । आसमा ओसीडी चिन्ता र विकारको यस्तो बिमार हो, जसमा अनावश्यक विचार पैदा हुन्छ । डर, आशंका पैदा भइरहन्छ ।

ओसीडी भएपछि हामीलाई थाहा हुँदैन कि आफ्नो दिमागमा आइरहेको कुरा सही वा होइन । यस्तो अवस्थमा हामी आफ्नो दिमागमा आएको कुरालाई बेवास्ता वा रोक्ने प्रयास पनि गर्छौं । यद्यपि यस्तो प्रयासले आफैँलाई थप चिन्ता र तनाव दिन्छ। अतः हामी अरू बढी तनावग्रस्त बन्न पुग्छौं ।

ओसीडी पीडित व्यक्तिको विचार मुख्यतः किटाणुद्वारा दूषित हुने डरमा केन्द्रित हुन्छ । यस्तो अवस्थामा किटाणुको डर कम गर्नका लागि पटकपटक हात धोइरहन्छ। हात रगडिएर रगत आउँदासम्म उनीहरू विश्वस्त हुँदैनन् कि हात सफा भइसक्यो । ओसीडी मस्तिष्क विकार हो । यद्यपि यो एक पिढीबाट अर्कोमा सर्ने सम्भावना पनि रहन्छ । जस्तो आमाबुबामा यस्तो समस्या छ भने छोराछोरीमा पनि सर्न सक्छ ।

ओसीडी कुनै पनि उमेरमा कुनै पनि व्यक्तिलाई हुन सक्छ । यसको सुरुवात १० वा १२ वर्षको बच्चामा हुन सक्छ । त्यसैगरी २०–२५ वर्षको उमेरमा पनि हुन सक्छ । हरेक पचास जनामध्ये एक जनामा यस किसिमको समस्या भएको अनुमान गरिन्छ ।

उपचार
सामान्य ओसीडी लक्षण भएका धेरै व्यक्तिहरू आफैँ ठिक हुन्छन् । मध्यम र तीव्रताको ओसीडी रोगीलाई भने उपचारको जरुरी हुन्छ । कतिपय अवस्थामा उनीहरूमा यो समस्या आफैँ ठिक भएको जस्तो देखिन्छ । फेरिपछि समस्या दोहोरिन्छ । ओसीडी पीडितमा तनाव, एन्जाइटी वा उदासीजस्ता समस्या पनि देखिन्छ ।

यस किसिमको विकारमा औषधि उपचार आवश्यक हुन्छ । यद्यपि औषधि मात्र पर्याप्त हुँदैन । मनोचिकित्सकको पनि जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्