Logo

गण्डकीमा थप ४२ जनामा कोरोना, मनाङमा पनि संक्रमित भेटिए



कखरा संवाददाता


४ असार, पोखरा । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा ४ जिल्लाका ४२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना कर्मचारीमा संक्रमण देखिएको निर्देनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

संकमण पुष्टि भएका बाँकी संक्रमितमा नवलपरासी पूर्वका १८, तनहुँका १२ र गोरखाका ११ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

मनाङका १ जना कपिलवस्तुबाट फर्किएको र बाँकी संक्रमित केही दिनअघि भारतबाट फर्किएका थिए । सबै जना सम्बन्धित अहिले जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरूलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्