Logo

संसद सचिवालय सचिवमा खड्का नियुक्त



कखरा संवाददाता


३१ जेठ, काठमाडौं । संघीय संसदको सचिवालय सचिवमा सुर्दशन खड्का नियुक्त भएका छन् ।

शुक्रबार बसेको संघीय संसद व्यवस्थापन समितिको बैठकले रिक्त पदमा सहसचिव खड्कालाई पदोन्नति गर्ने निर्णय गरेको हो ।

सचिवालय सचिवका रुपमा कार्यरत डा। भरतराज गौतम केही दिनअघि महासचिवमा नियुक्त भएपछि उक्त पद खाली थियो । खड्काले शुक्रबार नै पद बहाली गरेका छन् ।

उनले २०५१ साल चैतमा संसद सेवामै शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेका थिए । सचिवालय सचिवलाई प्रशासनिक कार्य गर्ने जिम्मेवारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्