Logo

फिल्म ‘पैसो’ सार्वजनिक



कखरा संवाददाता


३० जेठ, काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनमा चलचित्र क्षेत्रका ब्यक्तिमा परेको असरको बिषयमा छोटो फिल्म ‘पैसो’ निर्माण भएको छ ।

अर्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता राज न्यौपाने र अर्जुन तिवारी हुन् । युट्युवमार्फत सार्वजनिक फिल्ममा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश विक, सञ्जय पोखरेल, रामु घिमिरे, कुष्णबहादुर गिरी लगायतको अभिनय समेटिएको छ ।

फिल्मको लेखक तथा निर्देशक राज न्यौपाने हुन् । लकडाउनका कारण प्रभावित राजधानीका तीन फिल्मकर्मीको कथा फिल्मले देखाउन खोजेका निर्देशक न्यौपानले बताए । विनय कार्कीको संगीत र अर्जुन तिवारीको छायाँकन तथा सम्पादन फिल्ममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्