Logo

पुनः सुरु भयो ला लिगा, सेभिल्लाको महत्वपूर्ण जित



कखरा संवाददाता


३० जेठ, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतका खेलहरु पुनः सुरु भएका छन् । बिहीबार राति भएको खेलमा सेभिल्लाले रियल बेटिलाई पराजित गरेको छ ।

घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २ ० को जित दर्ता गरेका हो । बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको सेभिल्लाले दोस्रो हाफमा दुई गोल गरेका हो । उसका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन् ।

खेल हेर्न रंगशालामा जान नपाए पनि दुवै तर्फका समर्थकहरु खेल पूर्व हौसला बढाउनका लागि रंगशाला बाहिर आएका थिए । जितपछि सेभिल्लाको २८ खेलबाट ५० अंक भएको छ । रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्