Logo

जर्मन कपको फाइनलमा पुग्यो बार्यन म्युनिख



कखरा संवाददाता


२९ जेठ, एजेन्सी । बुण्डेस लिगा फुटबलको उपाधि लगातार आठौँपटक जित्ने लगभग पक्का भएको बार्यन म्युनिख जर्मन कप फुटबलको पनि फाइनलमा प्रवेश गरेको छ ।

साबिक विजेता बार्यन बुधबार राति भएको सेमिफाइनलमा फ्र्यांकफर्टलाई २–१ ले पराजित गरी फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनका लागि पेरिसिक र रोबर्ट लेवान्डोस्कीले गोल गरे । फ्र्यांकफर्टका लागि ड्यानी डा कोस्टाले एक गोल फर्काए ।

पेरिसिकले १४ औँ तथा लेवान्डोस्कीले ७४ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै डा कोस्टाले ६९ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।

उपाधिका लागि बार्यन म्युनिखले बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्ने भएको छ । लेभरकुजन यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्