Logo

च्याम्पियन्स लिगका बाँकी खेलहरु हाेस्ट गर्न लिस्बन तयार



कखरा संवाददाता


२८ जेठ, एजेन्सी । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग अन्तर्गतका बाँकी खेलहरु सुरु गर्ने अनुमति दिए त्यसका लागि लिस्बन तयार रहेको देखिएको छ ।

लिस्बनले ८ टिमको नकआउटका लागि आफू तयार रहेको जनाएको हो । आउँदो अगस्तमा खेल गर्नका लागि तयार रहेको लिस्बनले बताएको हो । सामान्य अवस्थामा मे ३० मा स्थानबुलमा यो सिजनको च्याम्पियन्स लिग फुटबलको फाइनल हुने तय थियो । तर महामारीका कारण खेल रोकिएपछि त्यो सम्भाव भएन । युइएफएले अब बाँकी खेलहरु सुरु भएको अवस्थामा स्थानबुलको विकल्प खोजेको छ ।

यस्तै युरोपा लिगको फाइनल सामान्य अवस्थामा पोल्याण्डको ग्डान्स्कमा हुने तय थियो तर अब जर्मनीमा हुन सक्ने भएको । युइएफएको कार्यकारी समितिले जुन १७ मा यसबारे निर्णय गर्ने छ । च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरु गर्नका लागि क्वाटरफाइनल, सेमिफाइनल तथा फाइनल खेल एकै ठाउँमा गर्ने विकल्पटमा छलफल भइरहेको छ । लिस्बनले त्यसका लागि आफू तयार रहेको बताएको हो ।

च्याम्पियन्स लिगको फाइनल आउँदो अगस्ट २३ तथा युरोपका लिगको फाइनल अगस्ट २१ मा गर्ने गरी तयारी भइरहेको छ । पोर्चुगिज प्रिमियरा लिग क्लब लिस्बनसँग दुईवटा रंगशाला छन् । प्रिमियरा लिग जुन ३ देखि पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्