Logo

गण्डकी प्रदेशमा १ सय ४५ कोरोना पुष्टि



कखरा संवाददाता


२८ जेठ, पोखरा । गण्डकी प्रदेशको नवलपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरको देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा बसेका ४० वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित पुरुषलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।

यस्तै, काठमाडौंमा स्वाब टेस्ट गर्दा कोरोना पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्