Logo

चालू आवमा ५ सय ७४ विद्युतीय गाडी नेपाल भित्रिए



कखरा संवाददाता


२३ जेठ, काठमाडौं । सरकारले गत आर्थिक वर्षदेखि विद्युतीय सवारी साधनमा आयातमा प्रोत्साहन गरेकोमा गाडी आयात बढेको देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३ सय ६१ विद्युतीय गाडीको आयात भएकोमा चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म मात्रै ५ सय ७४ वटा विद्युतीय गाडी आयत भएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा विद्युतीय गाडीको कर बढाएसँगै आगामी आर्थिक वर्षमा भने घट्न सक्ने सरोकारवालाले बताएका छन् । भन्सार विभागको तथ्यांकअनुसार बजेट आउनु अगावै अर्थात् १४ जेठसम्म दिनको अवधिमा ९३ वटा विद्युतीय गाडी आयात भएको जनाएको छ ।

सरकारले भन्सार दर बढाउने सूचनाको आधारमा बजेटको अघिल्लो दिन गाडी भित्र्याएको विषयमा भन्सार विभागले खण्डन गरेको छ । विभागले गत आर्थिक वर्ष जेठमा पनि ५४ वटा विद्युतीय गाडी आयात भएकोमा चालू वर्षमा ९३ केही बढी आयात भएको तर भन्सार दर निर्धारण गर्नुपूर्व नै आयात भएको दाबी गरेको छ । त्यस्तै, जेठ १४ गते २ वटा मात्रै विद्युतीय गाडी आयात भएको विभागको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्