Logo

तिमिल्सिना र श्रेष्ठले भत्ता नलिने



कखरा संवाददाता


२३ जेठ, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन् ।

कोरोनाका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै अध्यक्ष तिमिल्सिना र नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले भत्ता नलिने घोषणा गरेका हुन् ।

तिमिल्सिनाले बिहीबार बैठक भत्ता र देशभित्र भ्रमण हुँदा आउने भक्ता नदिन संसद सचिवालमा निवेदन दिएका छन् ।

त्यस्तै श्रेष्ठले पनि पूर्ण बैठकमा सहभागी हुँदा र समितिमा उपस्थित हुँदा आउने भत्ता कटौती गर्न सचिवालयलाई लिखित आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्