Logo

मधेश केन्द्रित दलको पनि संविधान संशोधन प्रस्ताव दर्ता तर एजेन्डा फरक



कखरा संवाददाता


२० जेठ, काठमाडौं । लिम्पियाधुरासहितको नयाँ नक्सा निशान छापमा समेटिने गरी संविधान संशोधन गरेकै बेला आफ्ना मागहरु पनि पूरा गर्ने आशा गरिरहेका मधेस केन्द्रित दलले पनि सोमबार संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नक्सामा लिम्पियाधुरासहित समेटिने गरी निशान छाप परिवर्तन गर्न सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव भने आइतबार प्रतिनिधि सभामा प्रस्तुत भइसकेको छ। जेठ ९ गते सरकारले उक्त प्रस्ताव दर्ता गराएको थियो । नेपालको संविधान २०७२ मा यो दोस्रो संसोधन विधेयक हो ।

मधेस केन्द्रित दलले केही दिनअघि नै संविधान संसोधन प्रस्ताव दर्ता गर्ने बताएको भएपनि तयारी नपुगेको भनेर रोकिएको थियो । नेपालको संविधान २०७२ ले मधेशका धेरै मागहरु सम्बोधन गर्न नसकेको भन्दै मधेशवादी दलहरुले संविधान जारी भएदेखि नै संविधान संशोधनको माग गर्दै आएका छन् ।

राष्ट्रिय सभामा प्रदेशको प्रतिनिधित्व बढाउनुपर्ने, नागरिकतालगायत विषयमा मधेशकेन्द्रित दलहरुले आफ्ना मागहरु अघि सार्दै आएका छन् । संसोधन प्रस्ताव दर्ता गराउन राजपा र समाजवादीका नेताहरु लक्ष्मणलाल कर्ण, राजेन्द्र राईलगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्