Logo

भारतको विरोधमा विद्यार्थीहरुले निकाले मसाल जुलुस



कखरा संवाददाता


१ जेठ, काठमाडौं । भारतले नेपाली भुमि लिपुलेकमा एकतर्फी रुपमा बाटो बनाएको विरोधमा विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन् ।

राजधानीको बालाजु क्षेत्रमा नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले बुधबार साँझ मसाल जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

भारतले चीनको मानसरोवर जान नेपाली भुमिमा बाटो बनाएको सार्वजनकि भएलगत्तै नेपालमा भारतको चर्को विरोध भइरहेको छ । लकडाउनका बीच पनि विभिन्न राजनीतिक दल, नागरिक अगुवा, विद्यार्थी लगायतले दिनहुँजसो विरोध प्रदर्शन गरिरहेका छन् ।

भारतसँगको सीमा विवादका विषयमा छलफल गर्न बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्