Logo

लकडाउनमा ‘पार्टी’बारे दीपकराजको स्पस्टिकरण



कखरा संवाददाता


१ जेठ, काठमाडौं । कोरोनाको त्रास दिन प्रतिदिन बढ्दो छ । नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगिसकेको छ । केही दिनयता शान्त रहेका उपत्यकाबासी मंगलबार फेरि कोरोना संक्रमितका थपिएपछि त्रसित बनेको छन् ।

सरकारले ५१ दिनयता जारी गरेको लकडाउनको अवधि जेठ ५ गतेसम्म कायम रहनेछ । यो लकडाउनमा सरकारले भोज भतेर, सभासम्मेलन, पार्टी लगायत धेरै व्यक्ति भेला हुने गतिविधिका गर्न समेत निषेध गरेको छ ।

तर, हाम्रा केही चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँबर, निकिता पौडेल, संचारकर्मी रवि लामिछाने, उत्सव रसाइलीलगायतले भने एकठाउँमा भेला भएर पार्टी गरेका छन् ।

सामाजिक संजाल मार्फत बाहिर आएको एक भिडियोमा यी कलाकार तथा संचारकर्मीले पार्टी गरेको देख्न सकिन्छ । भिडियोमा सबैजना एकैठाउँ भेला भएर बिभिन्न परिकारमा रमाएका छन् ।

कोरोनाको त्रासका कारण सरकारले गरेको लकडाउन पालना गर्न व्यक्तिगत तथा विभिन्न भिडियो मार्फत दर्शकलाई अनुरोध गर्दै आएका यी कलाकारको पार्टीको  भिडियो सामाजिक संजालबाट बाहिर आएपछि उनीहरुको चर्काे आलोचना हुन थालेको छ । उनीहरु ट्रोल तथा व्यक्तिगत आलोचनाको सिकार समेत भइरहेको छन् ।

भोजको विषयमा सामाजिक संजालमा चर्काे आलोचना भएपछि अभिनेता तथा निर्माता दीपकराज गिरीले एक लामो स्टाटस पोष्ट गर्दै उक्त पार्टी पार्टी नभएर सामान्य खाना खाने भोज रहेको बताएका छन् । दीपकले आफ्नो बारेमा आएको समाचार केही सत्य र केही असत्य भएको मनसाय सहित लेखेको लामो स्टाटसमा सामाजिक संजालमा आएको भिडियो राहत वितरण पछि सहभागी साथीहरुको भोज भएको बताएका छन् ।

‘कुरा हो सोमबारको ,जति बेला काठमाडाैंमा लकडाउन केही खुकुलो भएको थियो । सडकमा मज्जाले गाडीहरू गुड्न थालेका थिए । अनि हामी चलचित्रकर्मीहरू अनुरागजीले वितरण गरेको एक राहत कार्यक्रममा सहभागी भयौं’ दीपकले अगाडि लेखेका छन् ‘ दिनभर भोकाएका थियौं, पसलहरू बन्द थिए । अत अनुरागजी कहाँ नै खाना खान गयौं, र विजीलाई मैले कल गरेँ उहाँ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडकभडक गर्यौं, न त्यो कुनै पार्टी नै थियो ।’

प्रतिक्रिया दिनुहोस्