Logo

कपिलवस्तुमा ३ सुरक्षाकर्मीलाई पनि देखियो कोरोना



कखरा संवाददाता


१ जेठ, कपिलवस्तु । कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुमा थप ८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये ३ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले ३ जना सुरक्षाकर्मी संक्रमित भएको पुष्टि गरे । संक्रमितहरू १ जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), १ जना नेपाल प्रहरीका सई र १ जना राष्ट्रिय अनुसन्धान बिभागका असई रहेका छन् । संक्रमित सुरक्षाकर्मी कृष्णनगर नाकामा खटिएका थिए ।

५ जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माविको क्वारेन्टाइनमा रहेका व्यक्तिहरू भएको जानकारी आएको छ । मंगलबार मात्रै कपिलवस्तुमा १ नर्समा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्