Logo

मध्यरातमा भूकम्पको धक्का



कखरा संवाददाता


३१ बैशाख, काठमाडौं । गएराति नेपालमा भूकम्पको धक्का महशुस भएको छ ।

राति ११ बजेर ५४ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न जिल्लामा महशुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्