Logo

अमेरिकन आइडलको शीर्ष ७ मा पुगे दिवेश



कखरा संवाददाता


३० बैशाख, काठमाडौं । गायक दिवेश पोख्रेल (आर्थर गन)अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पुगेका छन् । लगातार आफ्नो गायकीले निर्णायकको मन जित्दै आएका उनले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

आइतबारको श्रृङ्खलामा प्रतिस्पर्धीहरुलाई दुइवटा गीत गाउन लगाइएको थियो । एउटा गीत आमालाई समर्पित गर्नुपर्ने थियो । पोख्रेलले ‘द लिटल मर्मेड’को ‘किस द गर्ल’ गाएका थिए । दिवेशको प्रस्तुतिपछि निर्णायकहरु लायोनल रिची, केटी पेरी र लुक ब्रायनले उनको गायनको प्रशंसा गरेका थिए ।

उनले आफ्नो आमालाई समर्पित गरेर ‘हे मा’ बोलको गीत गाएका थिए । उनकी आमा पनि छोराको प्रस्तुति सुनेर निकै दंग देखिन् । ‘तिम्रो आवाज एकदम प्राकृतिक छ । यो तिम्रो अर्को उत्कृष्ट प्रस्तुति हो । तिम्रो प्रस्तुति कहिल्यै नराम्रो भएकै छैन,’ उनको प्रस्तुतिको प्रशंसा गर्दै निर्णायक लुकले भने ।

प्रतिक्रिया दिनुहोस्