Logo

बर्दियामा १८ हजारलाई राहत



कखरा संवाददाता


२७ वैशाख- बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ ।

कोरोना भाइरस संङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहँु छाक टार्न समस्यामा परेका गरीब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो चरणमा अहिलेसम्म १७ हजार ९३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् ।

पालिकाका टोल विकास संस्थामार्फत नामावली सङ्कलन गरिएको तर केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारवाहीको माग भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्