Logo

श्रमिकहरुको पिडामा बन्यो ‘मे वान’ (सर्ट फिल्म)



कखरा संवाददाता


२६ बैशाख, काठमाडौं । श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसका अवसर पारेर गत शुक्रबार सार्वजनिक भएको छ ।

यो सर्ट फिल्ममा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागु गरेको लकडाउनका समयमा मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी नै पीडामा रहेको फिल्मले देखाउँछ ।

पुरुषोत्तम बस्नेतको निर्देशन रहेको सर्ट फिल्ममा सञ्चारकर्मी दीपज्योति थापा, अनितजंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ ।

फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्