Logo

इंग्लिस प्रिमियर लिग सुरु गर्नेबारे क्लबकै चिकित्सकको गम्भीर चासो



कखरा संवाददाता


२३ बैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल बाँकी खेलहरु सुरु गर्ने तयारीप्रति क्लबका डाक्टरहरुले नै गम्भीर चासो प्रकट गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण गत मार्चदेखि रोकिएका खेलहरु सुरु गर्ने क्लबका मालिक तथा प्रशिक्षकहरुले तयारी गरिरहँदा विभिन्न क्लबका डाक्टरहरुले भने त्यसप्रति चासो व्यक्त गरेका हुन् ।

इंग्लिस प्रिमियर लिगका बाँकी खेलहरु १३ मार्चदेखि नै स्थगित रहेका छन् । प्रिमियर लिगका बाँकी खेलहरु १० वटा न्युट्रल भेन्यु तय गरेर खेलाउने तयारी भइरहेको छ ।

प्रिमियर लिगमा ९२ खेल हुन बाँकी रहेको छ । डाक्टरहरुले आफ्नो दायित्वसँगै खेलाडीहरु कोरोना भाइरसबाट संक्रमित भएमा बिमाको व्यवस्थाबारे चासो राखेका छन् ।

यस्तै स्वास्थ्य सेवा सम्बन्धी प्रोटोकलहरुको विस्तृत विवरण उपलब्ध गराउन प्रिमियर लिगले माग गरेको छ । प्रिमियर लिगका बाँकी खेलहरु आगामी ८ जुनबाट गराउने तयारी छ ।

लिगका २० क्लबका डाक्टरहरुले खेलहरु पुनः सुरु गर्ने सम्बन्धमा योजना बनाउनका लागि बैठक गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्