Logo

मेगा बैंकका ग्राहकहरूलाई अब दराजबाट घरघरमै सामान



कखरा संवाददाता


२३ बैशाख, काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरूले अबदेखि दराज डटकमबाट घरघरमै सामान पाउनुका साथै सामान खरिदमा विशेष छुट पनि प्राप्त गर्ने भएका छन् ।

लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरूलाई विशेष छुटसहित सहज र सुरक्षित रूपमा घरमै सामान पुर्‍याउने सम्झौता भएको हो ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउनेछन् । डिजिटल बैंकिङअन्तर्गत नगदविहीन कारोबारलाई बढावा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो ।

दराज डटकमको बेबसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रूपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्