Logo

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो



कखरा संवाददाता


२३ बैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

भेरी अस्पताल, नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार ४ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षका पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्