Logo

फुटबलर समीक्षालाई पूर्वप्रशिक्षक खड्काद्वारा ५० हजार सहयोग



कखरा संवाददाता


२२ बैशाख, काठमाडौं । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ ।

यू–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्व प्रशिक्षक हरि खड्काले शनिबार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उनले बताए ।

यस्तै, मनाङ मस्र्याङ्दी क्लबले मगरको उपचारका लागि ३० हजार रुपैयाँ तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

लकडाउनअघि घर गएकी मगरको १२ वैशाख उदयपुरस्थित घरमा काम गर्ने क्रममा ढुङ्गाले लागेर आँखामा चोट लागेको थियो । उनको अहिले मोरङको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्