Logo

अमेरिकन आइडलको टप १० मा पुगे दिवेश पोखरेल



कखरा संवाददाता


२२ बैशाख, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप–१० मा पुग्न सफल भएका छन् । उनी भोटका आधारमा आइडलको टप–१० मा पुग्न सफल भएका हुन् ।

दिवेशले आफूलाई यो स्थानमा पुर्‍याउने सबैलाई धन्यवाद दिएका छन् । उनले केही दिनअघि फेसबुक पेजमार्फत् नेपाली भाषामासमेत भोट अपिल गरेका थिए ।

अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । ३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०/१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । सन् २०१३ मा अमेरिका गएका गायक पोखरेलले यसअघि ‘न्यानो घर’ ‘मन’ ‘समुन्द्र पारी’ ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्