Logo

लागुऔषधसहित पाँच पक्राउ



कखरा संवाददाता


२२ बैशाख, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा लागुऔषधसहित आज पाँच जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७०० ग्राम गाँजा बरामद गरेको छ । गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश र २४ वर्षीय मुकेश तथा रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी छन् । यसैगरी रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय भगवाल घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल बरामद गरेको हो । अभियुक्त सबैलाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्