Logo

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन



कखरा संवाददाता


१९ बैशाख, काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको गएराति निधन भएको हो ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो । सानैदेखि शास्त्रीय गायनमा सक्रिय रानुदेवीले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको तत्कालिन प्रजातन्त्र रेडियोमा गाउन रानुदेवीलाई तारिणीप्रसाद कोइराला प्रोत्साहन गरेका थिए । इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी रानुदेवीका १ छोरा र २ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्