Logo

केही समय अगाडि ऋषिले लता मंगेशकरलाई पठाएका थिए यो तस्बिर



कखरा संवाददाता


१९ बैशाख, एजेन्सी । अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार देहान्त भएको छ। विगत दुई वर्षदेखि ल्यूकेमिया रोगबाट पिडित कपूर बिहिबार यो संसारबाट बिदा भए ।

सन् १९७० को दशकदेखि अभिनयमा सक्रिय कपूरले बलिउडमा पुर्‍याएको योगदानलाई सायदै कसैले बिर्सेलान् । भारतीय चलचित्र क्षेत्रको कायपलटमा साथ चलेका कपूरसँग धेरैको मन गासिएको छ । त्यसैले बिहिबार उनी संसारबाट बिदा हुँदा धेरैले उनीसँगको पलहरु स्मरण गरे।

भारतकी दिग्गज गायिका लता मंगेशकरले पनि ट्वीटरमा अभिनेता ऋषि कपूरसँगको आफ्ना पलहरु सेयर गरेकी छन् । जसमा केही भावनाहरु रहेका छन् त केही तस्बिरहरु। एउटा तस्बिरमा उनले तीन महिने ऋषिलाई काखमा लिएको देखिएको छ। यो तस्बिर केही समय अगाडि स्वर्गीय अभिनेता ऋषिले आफ्नो ट्वीटरमा साझा भएको थियो ।

यसको क्याप्सनमा कपूरले लेखेका थिए, ‘नमस्ते लता जी, तपाईँको आशिर्वादले हेर्नुहोस् म दुई–तीन महिना हुँदाको फोटो फेला पारेँ । मलाई सधैँ तपाईँको आशिर्वाद छ, धेरै धेरै धन्यवाद । के म यो तस्बिर ट्वीटरमा राखेर संसारलाई बताउन सक्छु की यो तस्बिर मेरो लागि अमूल्य छ ?’

त्यतिबेला लता मंगेशकरले आफ्नो ट्वीटरमा तस्बिर साझा गर्दै ऋषि कपूरका पिता राज कपूर र आमा कृष्णा राज कपूरको सम्झना आएको बताएकी थिइन् । उनले जवाफ लेखेकी थिइन्, ‘नमस्कार ऋषि जी तस्बिर देखेर मलाई धेरै नै खुसी लाग्यो । यो तस्बिरमा भाउजुले तपाईलाई मेरो हातमा दिनुभएको थियो । तपाईँले सबैसँग यो तस्बिर साझा गरेर धेरै राम्रो गर्नुभयो । तपाईँको स्वास्थ्य सधैँ राम्रो रहिरहोस्, ईश्वरसँग मेरो प्राथना छ ।’

यो तस्बिर जनावरी २८ मा ऋषिले सार्वजनि गरेका थिए। आज अप्रिल ३० मा लताले अर्कै क्याप्सनमा यो तस्बिर साझा गरिन्। क्याप्सनमा उनले लेखेकी छन्, ‘केही समय अगाडि ऋषि जीले उहाँको र मेरो यो तस्बिर पठाउनुभएको थियो, त्यो सबै दिन र कुराकानीहरु अहिले मलाई याद आइरहेको छ। म शब्दहिन भएकी छु।’

प्रतिक्रिया दिनुहोस्