Logo

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



कखरा संवाददाता


१८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

आइतबार संसदमा प्रस्तुत हुने संविधान संशोधन प्रस्तावका पक्षमा उभिन कांग्रेसले संसदीय दललाई निर्देशन दिएको हो ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सा संशोधन गर्न सरकारले ल्याएको प्रस्तावलाई केन्द्रीय समिति बैठकबाटै अनुमोदन गर्ने निर्णय पदाधिकारी बैठकले गरेपछि शनिबार एक दिनका लागि बैठक बोलाइएको हो ।

कांग्रेसले संशोधन प्रस्तावलाई समर्थन गर्ने तर उक्त विषय केन्द्रीय समितिबाटै निर्णय गर्ने भन्दै समय माग गरेपछि बुधबार संसदमा प्रस्तुत गर्ने गरी कार्यसूची तय गरे पनि हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्