Logo

भूकम्प अपडेटः सुनौला बजार केन्द्रबिन्दु, ४.८ रेक्टर स्केल



कखरा संवाददाता


१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प धादिङको सुनौला बजार आसपासमा केन्द्रविन्दु बनाएर गएको हो ।

भूकम्पको तीब्रता ४.८ रेक्टर स्केलमा मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प १५ सेकेण्डसम्म गएको थियो । यो भूकम्प २०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पकै पराकम्प भएको अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्