Logo

रहेनन् प्रसिद्ध गीतकार थापा



कखरा संवाददाता


१६ जेठ, काठमाडौं । प्रसिद्ध गीतकार, मुक्तककार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

८१ वर्षको उमेरमा निधन भएका थापाका ‘ए कान्छा ठट्टैमा यो वैँस जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’, ‘आँखाको भाखा’, गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआऊ है’लगायत गीत चर्चित छन् ।

थापाका ‘चक्लाभरिको घाम’, ‘ताराका काँचा रङ’ (कवितासङ्ग्रह), ‘ओभानो सिउँदो’, ‘रुझेका परेला’ (गीतसङ्ग्रह) प्रकाशित छन् ।

उनले देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफटाइम एचिभमेन्ट अवार्ड (हिट्स एफ.एम.), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्