Logo

बजेटको आकार घट्यो, स्वास्थ्यमा केन्द्रित [पूर्ण पाठ]



कखरा संवाददाता


१६ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेस गरेको छ ।

चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ  ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ अर्थात् २३.९ प्रतिशत विनियोजन गरेको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७० करोड अर्थात् ११.७ प्रतिशत विनियोजन गरेको छ ।

यस्तै, खर्चको स्रोततर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ भने वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाउने र अपुग २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

सरकारले विनियोजन गरेको बजेटको आकार चालू आर्थिक वर्षको भन्दा घटेको छ । चालू आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

हेर्नुहोस् बजेटको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्