Logo

संविधान संशोधनबारे अबेर राति देउवाको ट्विट



कखरा संवाददाता


१५ जेठ, काठमाडौं । संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

बुधबार अबेर राति ट्विट गर्दै देउवाले नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन् ।

उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् । देउवाले ट्विटमा भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हुन् ।’

प्रतिक्रिया दिनुहोस्