Logo

‘संचारमाध्यमले झगडा सिर्जना गरे, भारतीय साथीसंग कुरा गर्न समस्या भयो’



कखरा संवाददाता


११ जेठ, काठमाडौं । नायिका बर्षा राउत लकडाउनको समय घरमा नै व्यतित गरिरहेकी छन् । उनले एक भिडियो अन्तर्वार्तामा विवादास्पद बोली बोलेको कारण सामाजिक संजालमा गाली खाइरहेकी छिन् ।

सिमा विवादको विषयमा उनले संचारमाध्यमले नै झगडा सिर्जना गरेको बताउदै आफ्ना भारतीय साथीसंग कुराकानी गर्न समस्या भएको बताएकी छन् ।

विवादमा कम नै आउने र दर्शकबाट थोरै संख्यामा मात्रै नकारात्मक टिप्पणी पाउने यी नायिकाको यो अभिव्यक्तिका कारण भने दर्शक दुइ भागमा बाडिएका छन् । कसैले उनको समर्थन गरिरहेका छन् भने कतिपयले उनले गलत बोलेको बताएका छन् ।

उनको एक पोष्ट सार्वजनिक गर्दै मनिषा कोइराला र सिमाको विषयमा उनी सम्बेदनशील रहेको केही समर्थक बताउदै छन् । तर कतिपयले भने देश बाँकी रहे मित्रता अगाडी बढाउदै जाउला भनेर टिप्पणी गरेका छन् ।

साथै उनी जस्तो कलाकारबाट यस प्रकारको प्रतिक्रिया अपेक्षा नगरेको समेत बताएका छन् । कति सामाजिक संजाल प्रयोगकर्ता भने यति सम्म आक्रोशित छन् कि भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन् ।

हेरौँ अब यस विषयमा उनले कसरी स्पस्टिकरण दिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्