Logo

सबै एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छः पूर्वमन्त्री बडू



कखरा संवाददाता


९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

उनले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

‘सत्ता पक्ष, कुनै प्रतिपक्ष नभनी एक भएर सबैले एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छ’ पूर्वमन्त्री बडुले भने । लिपुलेक क्षेत्रको विवाद त्रिदेशीय वार्ताका माध्यमबाट मिलाउनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्