Logo

मोदीदेखि अमिताभसम्मले इरफानलाई यसरी सम्झिए



कखरा संवाददाता


१८ बैशाख, एजेन्सी । दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका अभिनेता इरफान खानको बुधबार ५३ वर्षको उमेरमा उपचारका क्रममा निधन भयो । आमिर, शाहरुख र सलमान तीन खानको बक्स अफिसमा वर्चस्व बनिरहेका बेला इरफान फरक शैलीका खानका रुपमा प्रकट भएका थिए ।

उनी फिल्मले दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने ठान्थे तर धेरैले भन्ने गरेको मनोरञ्जनसँग उनको परिभाषा अलि फरक थियो । ‘म दर्शकलाई मनोरञ्जन नै दिन आएको हुँ तर त्यसको केही अर्थ पनि हुनुपर्छ’ उनी भन्थे ।

बलिउडले मात्रै होइन, विश्‍व सिने जगतले एक उम्दा कलाकार गुमाएको भन्दै धेरैले सामाजिक सञ्‍जालमा इरफानप्रति श्रद्धाञ्‍जली व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्रीदेखि अमिताभ बच्चनसम्मले इरफानलाई सम्झिएका छन् ।

नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
इरफानको मृत्यु सारा फिल्म र थियटर दुनियाँका लागि क्षति हो । विभिन्न माध्यममार्फत देखाएको भर्सटाइल अभिनयका लागि सम्झनामा रहनेछौं । उनको परिवार, साथीभाइ र प्रशंसकहरुलाई सान्त्वना दिन चाहन्छु । उनको आत्माले शान्ति पाओस् ।

सूजित सरकार, फिल्म निर्देशक
मेरो प्रिय साथी इरफान । तिमी लड्यौ, लड्यौ र फेरि लड्यौ । म तिमीप्रति सधैँ गर्व गर्नेछु। हामी फेरि भेट्नेछौ । सुतापा र बबिल, तिमीहरुले पनि धेरै लड्यौ । सुतापा झन् तिमीले त यो लडाइँमा आफूले सकेसम्म सबै प्रयत्न गर्‍यौं । इरफान खान तिमीलाई सलाम छ ।

विद्या बालन, अभिनेत्री
मैले तिमीलाई कहिल्यै राम्रोसँग चिनिनँ तर आज मैले मेरो आँसु रोक्न सकिरहेको छैन किनभने तिम्रा प्रस्तुतिहरुले सधैँ मलाई व्यक्तिगत रुपमा प्रभाव पारिरहे । मलाई लाग्छ त्यो तिम्रो जादु हो र यो सधैँ जीवित रहिरहनेछ । टेक केयर, इरफान । तिम्रो परिवारको चिन्तामा आज मेरो मन दुखेको छ तर पनि सुतापा र तिम्रा सन्तानका लागि म प्रार्थना गर्छु ।

करण जोहर, निर्देशक
नमेटिने ती सम्पूर्ण फिल्मका यादहरुका लागि धन्यवाद । अरुभन्दा फरक कलाकार भएर देखायौ त्यसको लागि धन्यवाद । फिल्म उद्योगलाई समृद्ध बनाएकोमा धन्यवाद । हामी तिमीलाई अत्यन्तै सम्झनेछौं । हाम्रो तिम्रो उपस्थितिका लागि हामी सँधै आभारी रहनेछौं । हाम्रो सिनेमा । तिमीलाई सलाम छ ।

सलमान खान, अभिनेता
सिने उद्योगका लागि, हामी सबैको लागि, फ्यानहरुको लागि अनि विशेष त उनका परिवारका लागि यो ठूलो क्षति हो । उनको परिवारसँग मेरो ह्रदय पनि दुखेको छ । भगवानले उनीहरुलाई बल दिउन् । तिम्रो आत्माले शान्ति पाओस् भाइ । तिमी सँधै सम्झनामा रहिरहनेछौ अनि हाम्रो ह्रदयमा पनि ।

आमिर खान, अभिनेता
एकदमै दुस्ख लाग्यो मेरो समकालीन साथी इरफानको खबर सुन्दा । कति दुखान्त र दुखित खबर । उ एकदमै प्रतिभाशाली थियो । मेरो ह्रदयदेखिको समवेदना छ उनको परिवार र साथीहरुमा । तिमीले आफ्नो कामबाट हाम्रो जीवनमा दिएको मनोरञ्जन र आनन्दकालागि धन्यवाद । तिमी सम्झनामा रहिरहनेछौ । प्रेम ।

प्रियंका चोपडा, अभिनेत्री
संसारले तिम्रो विरासत सम्झिरहनेछ । तिमीले योद्धाले झैं लडाईँ लड्यौ । तिम्रो आत्माले शान्ति पाओस् मेरो प्रिय साथी । मेरो सान्त्वना छ तिम्रो परिवारका लागि ।

शाहरुख खान, अभिनेता
मेरो साथी, प्रेरणा र हाम्रो समयको महान अभिनेता हौं तिमी । अल्लाहले तिम्रो आत्मालाई आशीष दिउन् इरफान भाइ । हामी तिमीलाई सम्झिरहनेछौं । साथै तिमी हाम्रो जीवनको एउटा हिस्सा थियौ । लभ यू ।

विक्की कौशल, अभिनेता
मलाई मनपर्ने कलाकार, मानवताको रत्न । इरफान सर हामी तपाईँलाई सँधै सम्झिरहनेछौं, माया गरिरहनेछौं । हामी तपाईँको लायक थियौं । तपाईँको आत्माले शान्ति पाओस् । मेरो प्रार्थना र समवेदना छ तपाईँको परिवारमा ।

अमिताभ बच्चन, अभिनेता
इमरान खान बितेको खबर भर्खर पाएँ । यो एकदमै तनाव दिने र दुस्खको खबर हो । अविश्वसनीय प्रतिभाशाली, दयालु स्वभावको, विश्व फिल्म उद्योगमा तिम्रो योगदान छ । हामीलाई अलि चाँडै छोडेर गयौ ।

कट्रिना कैफ, अभिनेत्री
हार्दिक श्रद्धाञ्जली । ठूलो क्षति । वास्तविक प्रतिभा । एकदमै सम्झनेछौं । ुन्यूयोर्कु छायांकनका हाँसोहरु बिर्सन सकिन्नँ ।

राधिका मदन, अभिनेत्री
खै के भनुँ । मेरो ह्रदय दुख्छ, जब तपाईँका बारेमा लेख्छु । मैले चिनेको मानिसहरुमा उनी बलियो योद्धा थिए । यो जीवनमा हामी एउटै बाटोमा भेटियौं म एकदमै आभारी छु । मेरा लागि उहाँ प्रेरणाको स्रोत हुनुहुन्थ्यो । लेजेन्ड नै हुनुहुन्थ्यो । जसले बलिउड इन्डस्ट्रीको तरंग नै बदलिदियो । उनको आत्माले शान्ति पाओस् । लभ यू इरफान सर ।

प्रतिक्रिया दिनुहोस्