Logo

निर्माण सामग्रीको आपूर्ति नरोक



कखरा संवाददाता


१८ बैशाख, काठमाडौं । काठमाडौंको पुतलीसडक र चाबहिल क्षेत्रको सडकमा भइरहेको निर्माण कार्य रोकिएको छ । निर्माण सामग्रीको अभावले काम रोक्नुपरेको बताइएको छ । खासगरी गिट्टी, बालुवालगायत सामग्री नदीबाट ल्याउनुपर्ने र नदीसम्म जान स्थानीय तहले अवरोध गरेपछि यस्तो समस्या आएको हो । वैशाखको तेस्रो साता बित्न लागेको छ । अब एक महिनापछि नै मनसुन सुरु हुनेछ । मनसुनका वेला काठमाडौंमा सडक विस्तारको काम झन्डै असम्भवजस्तो हुन्छ । त्यसमाथि यतिवेला लकडाउनका कारण सवारी चाप अत्यन्त न्यून भएकाले निर्माणका काममा अवरोध पनि हुँदैन ।

यसैगरी निर्माणका कारण खनेको, भत्केको सडकका कारण यात्रु र सवारीसाधनले व्यहोर्नुपर्ने सास्ती पनि यतिवेला कम हुन्छ । त्यसैले सडक निर्माण र मर्मतका लागि यो उपयुक्त अवसर पनि हो । तर, सरकारले निर्माण सामग्री आपूर्तिको काम सुचारु गराउन आवश्यक व्यस्थापन गर्न नसकेपछि यो समस्या उत्पन्न भएको हो । यो त एउटा उदाहरण मात्रै हो, कोरोनाका कारण निर्माण सामग्रीको आपूर्तिमा भएको अवरोधले रोकिएका कामको । देशैभर सानाठूला अधिकांश आयोजना यसबाट प्रभावित भएका छन् । लकडाउन सुरु गर्नुअघि नै सरकारले यसका असरको आकलन गरेर सबै आयोजनालाई एक साताको सूचना दिएर निर्माण सामग्रीको जोहो गर्न लगाउन सक्थ्यो । आजको नयाँपत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्