Logo

‘ब्रिटेन्स गट ट्यालेन्ट’मा भीम निरौलालाई हुटिङ



कखरा संवाददाता


१७ बैशाख, काठमाडौं । बेलायतमा भइरहेको ब्रिटेन्स गट ट्यालेन्टमा नेपाली भीम निरौलाले सहभागीता जनाएका छन् । ६ वर्ष अगाडि ‘सन्डे मर्निङ लभ यू’ बोलको गीत गाएर चर्चामा आएका थिए ५४ वर्षीय निरौलाले कार्यक्रममा आफ्‍नै सिग्‍नेचर गीत गाएर दर्शकलाई मनोञ्‍जन दिएका छन् ।

हाल बेलायतमा बस्दै आएका भीमले शोमा भाग लिएका हुन्। उनको गायनलाई निर्णायकमध्येका एकले सुरुमै असन्तुष्टि प्रकट गरेर बर्जर बजाएका थिए । तर, निरौला रोकिएनन् । उनले गीत गाएर अन्य निर्णायक र दर्शकलाई मनोरञ्‍जन प्रदान गरे ।

दर्शक, निर्णायक र उद्घोषकको हुटिङले उनी झन् उत्साहित हुँदै गीत गाएका थिए । कार्यक्रमका संचालकहरु उनीसँगै नाच्न स्टेजमा पुगेको भिडियो अहिले भाइरल भइरहेको छ । हरेक वर्ष हुने उक्त कार्यक्रममा विजेताले शाही परिवारसामू सांगीतिक प्रस्तुति दिन पाउनेछन् । साथै, दुई लाख ५० हजार पाउण्ड पनि जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्