Logo

लकडाउनको कारण विवाह सरेपछि बरुण–नताशा उदाश



कखरा संवाददाता


१६ बैशाख, काठमाडौं । वरुण धवनले शुक्रबार, २४ अप्रिलमा जन्मदिन मनाएका थिए । यही मौकामा उनकी गर्लफ्रेन्ड नताशा दलालने वरुणको लागि चकलेट केक तयार गरिन् । यो वर्ष वरुणको जन्मदिन लकडाउनको समयमा परेको हुनाले उनी घरमा नै छन् । जन्मदिनमा उनले साथीभाईसँग भिडियो कलमार्फत कुराकानी गरेर दिनलाई खास बनाए ।

लकडाउनले उनको जन्मदिनलाई मात्र हैन उनको विवाहको मितिलाई पनि प्रभाव पारेको छ । लामो समयदेखि प्रेमसम्बन्धमा भएका वरुणले यो वर्ष विवाह गर्न लागेका थिए । उनले यही वर्षको गर्मी याममा विवाह गर्ने भनिएको थियो तर लकडाउनको कारणले विवाह पछाडि सरेको छ । उनीहरु दुवै निराश छन् ।

वरुण र नताशा आफ्नो डेस्टिनेशन वेडिङलाई लिएर निकै उत्साहित थिए । दुवैले थाइल्याण्डमा गएर विवाह गर्ने निर्णय गरेका थिए । उनीहरुले विवाहको नयाँ मिति तोकिसकेका छैनन् । किनभने लकडाउन कहिलेसम्म चल्छ भन्ने कुरा निश्चित भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्