Logo

ओलिभर चेल्सीमै रहने



कखरा संवाददाता


१४ बैशाख, एजेन्सी । इंग्लिस क्लब चेल्सीका स्ट्राइकर ओलिभर जिरउडले क्लबसँगको सम्झौता बढाउने तयारी गरेका छन् । चेल्सीले उनलाई सन् २०२१ सम्म क्लबमै राख्ने तयारी गरेको हो ।

३३ वर्षका फ्रान्सेली खेलाडी जिरउडले गएको जनवरीमै क्लब छोड्ने जस्ता कुरा आएका थिए । उनको सम्झौताको मात्रै ६ महिना बाँकी थियो । तर अब उनी अर्को वर्षसम्म चेल्सीमै रहने भएका हुन् ।

उनी इन्टर मिलान जाने चर्चा चलेको थियो । तर जनवरीमा अर्का स्ट्राइकर ट्यामी अब्राहम चोटग्रस्त भएपछि जिरउडले मैदानमा आफ्नो प्रभाव देखाउन पाए । उनले लिगका चार खेलमा दुई गोल गरे ।

प्रशिक्षक फ्र्यांक पामपार्डले उनको प्रशंसा गरे । जिरउड सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्