Logo

नेपाल एयरलाइन्सका विदेशी र करार पाइलटको तलबमा भारी कटौती



कखरा संवाददाता


११ बैशाख, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा काम गर्ने पाइलटकोहरूको तलब फेरि कटौती गरिएको छ । निगम स्रोतका अनुसार गत आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले तलव कटौती गर्ने निर्णय गरेको हो ।

विदेशी पाइलटको हकमा ५०/४० प्रतिशत र नेपाली पाइलट करारको ३३ प्रतिशत कटौती गर्ने निर्णय गरेको निगममा कार्यरत एक पाइलटले जानकारी गराएका छन् । तर, निगमका स्थायी पाइलटको भने कटौती गरिएको छैन । अहिले गरेको तलब कटौतीको निर्णय आगामी ३ महिनासम्म लागू हुने जनाइएको छ ।

यसअघि निगमले विदेशी पाइलटलाई २ साता, नेपाली करार पाइलट र करारमा कार्यरत एयर होस्टेजलाई १० दिने बेतलबी बिदा दिने निर्णय गरेको थियो । विदेशी पाइलटलाई १० हजार डलरभन्दा कम रहेककाको ४० प्रतिशत र १० हजार डलरभन्दा बढी भएकाको ५० प्रतिशत कटौती गरेको छ ।

प्रतिक्रिया दिनुहोस्