Logo

मध्यरातमा राजपा र समाजवादीबीच एकता घोषणा



कखरा संवाददाता


११ बैशाख, काठमाडौं । काठमाडौँ राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ । तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन् ।

नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भएको छ ।

सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन् । दुवै दलसँग संघीय संसदमा १७–१७ जना सांसद रहेका छन् ।

समाजवादीका कम्तिमा सातजना सांसदले एक दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकताका लागि तयार भएको एक नेताले जानकारी दिए ।

यी दुईं पार्टीबीच एकताका लागि यसअघि नै गृहकार्य हुँदै आए पनि समाजवादी सरकारमा भएका कारण रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरु काउण्टर दिन एक ढिक्का भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्