Logo

बाबु–छोरा मिलेर तीन आमाछोरीमाथि कुटपिट



कखरा संवाददाता


१० बैशाख, अत्तरिया । महिलामाथि गालीगलौज तथा कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले धनगढी उपमहानगरपालिका–१३ बस्ने ५१ वर्षीय नन्दकिशोर कलौनी र उनका २४ वर्षीय छोरा जगदीशलाई पक्राउ गरेको हो । उनीहरुले मादक पदार्थ सेवन गरी स्थानीय तीन महिलालाई गालीगलौजसँगै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले स्थानीय गुमला चन्द, निजका छोरी अनुता र ज्योतिलाई गालीगलौज गरी कुटपिट गर्दा टाउको र हातमा चोट लागि घाइते भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । दुवै बाबु–छोरालाई पक्राउ गरी म्याद थप लिइ अनुसन्धान भइरहेको र पीडितको उपचार भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्