Logo

दुई नर्समा र्‍यापिड टेस्ट पोजेटिभ, टेकुको आइसोलेसनमा भर्ना



कखरा संवाददाता


१० बैशाख, काठमाडौं । काठमाडौँमा काम गरिरहेका दुई नर्समा र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकु अस्पतालमा उनीहरुको स्वाब परीक्षणका लागि लगिएको छ ।

केन्द्रीय कारागार सुन्धारामा कार्यरत दुई नर्सलाई र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई मंगलबार टेकु अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले देशसञ्चारलाई जानकारी दिए ।

र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखेर पीसीआर विधिबाट परीक्षण भइरहेको प्रवक्ता डा. बास्तोलाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्