Logo

लकडाउनमा भारतबाट प्याज ल्याउने व्यापारीको गोदाम सिल



कखरा संवाददाता


९ बैशाख, दाङ । लकडाउनमा समेत भारतबाट अनाधिकृत रुप्मा प्याज भित्रिने गरेको रहस्य खुलेको छ । यस्तै कार्यमा संलग्न लमहीमा एउटा तरकारी पसलको गोदमनै शिल गरिएको छ । २५ बोरा प्याज ल्याएको करिम तरकारी पसलको गोदाम शिल गरिएको हो ।

तरकारी पसलका संचालक अवदुल करिमले भारतबाट ल्याएको प्याजको बुद्वभुमि नगरपालिका तौलिहवा स्टार आलु तथा फ्रुट सेन्टरको नक्कली विल बनाई नेपाल प्रवेश गराएको पाइएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए ।

सोमबार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपाने र वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाको रोहबरमा तरकारी गोदाम शिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्