Logo

नमरेसम्म भनिरहने बाबुरामका चार कुरा!



कखरा संवाददाता


५ चैत, काठमाडौं । पूर्व प्रधानन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक शुद्धिकरणका लागि आफूले भन्दै आएका चार कुरालाई नमरेसम्म भनिरहने बताएका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा हुनुपर्ने आफ्नो अडानलाई नमरेसम्म भनिरहने उनले बताएका छन् ।

पूर्व प्रधानमन्त्रीका नाताले आफूले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न नमिल्ने बताउँदै डा। भट्टराईले समस्या समाधानका निम्ति आफूले उठाउँदै आएका यी चार कुरा नमरेसम्म उठाइरहने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्