Logo

सप्तरीकाे ५५ स्थानमा सीमा प्रहरी परिचालन



कखरा संवाददाता


३० चैत, काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बल सप्तरीले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरु निर्माण गरी थप कडाइ गरेको छ ।

सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ । नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए । सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्