Logo

बेलायतमा पुनः पूर्व गोर्खा सैनिकको मृत्यु



कखरा संवाददाता


३० चैत, लण्डन । कोरोना भाइरसका कारण बेलायतमा फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्याङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा हिजो निधन भएको हो ।

चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पतालमा भर्ना गरिएको उहाँका आफन्त राजनकुमार क्षेत्रीले बताए । उपचारका क्रममा मल्लको निधन भएको हो । उहाँ सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बस्दै आएका थियो ।

यसअघि कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङको मृत्यु भएको थियो । पर्वतको महाशिला गाउँपालिका भोक्सिङ देउराली घर भई बेलायतको ननिटनमा बस्दै आएका गुरुङको कोरोनाको कारण मृत्यु भएको हो ।

त्यस्तै पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङ, लिलाबहादुर राई र व्यवसायी प्रशान्त अर्यालको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्